लोकसेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित [सूचनासहित]



काठमाडौं कात्तिक ३ । लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको जनाएको छ ।

आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

सर्वोच्च अदालतको आदेश अनि आयोगभित्रै संक्रमण फैलिएपछि आयोग परीक्षा सञ्चालन गराउन नसक्ने अवस्थामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्