कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ जनाको मृत्यु, २३ सय ३५ निको



नेपालभर कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा २४ घण्टामा थप १८ जनाको मृत्यु भएको जानकारी दिइएको हो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

२४ घण्टामा २३ सय ३५ निको भएर घर फर्किएका छन् । यो सँगै देशभर ९४ हजार ५०१ पुगेको छ । उपत्यकामा २३ सय ८८ सहित नेपालमा ३ हजार ७९० कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्