नुवाकोटमा कोरोना संक्रमितको संख्या ३०८ पुग्यो, १ को मृत्यु



नुवाकोट कात्तिक ३ । काठमाडौं उपत्यकासँग सीमा जोडिएको जिल्ला नुवाकोटमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ८ पुगेको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले सोमबार अपराह्नसम्म ३ सय ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । जसमध्ये १ सय ३७ जना डिस्चार्ज भइसकेका छन् । बाँकी १७० सक्रिय संक्रमितहरु त्रिशूली अस्पताल र उपत्यका लगायतका अस्पतालमा उपचाररत छन् ।

सूचना अधिकारी खनालका अनुसार हालसम्म १ महिलाको मात्र मृत्यु भएको छ । मृत्यु हुने महिला शिवपुरी गाउँपालिकाकी रहेकी छन् ।

नेपालभर भने कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । यो सँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ४० हजार ७ सय ७८ पुगेको छ ।

कोरोनामुक्त हुनेको संख्या ९४ हजार ५ सय १ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्