विष्णु गैरेको गीत ‘आउँछु भन्थें’ सार्वजनिक



काठमाडौँ,कात्तिक ४ । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तै क्रममा सञ्चार व्यवसायी तथा गीतकार बिष्णु गैरेले पनि मर्मस्पर्सी दशैं गीत सार्वजनिक गरेका छन् । हरि लम्सालको संगीत र आवाजमा रहेको दशैं गीत आउँछु भन्थे’ सार्वजनिक गरेका हुन्।

भाइब्रेसन मिडियाको युट्व्युबमार्फत सार्वजनिक उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने छायाँङ्कन बुद्ध थापा एण्ड टिम र रमेश थापाको र सम्पादन विकाश दाहालको रहेको छ । भिडियोमा पछिल्लो समय चर्चामा रहेका जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपाली युवाहरुको परदेश जानुपर्ने बाध्यता, त्यहाँ जानुअघि राखिने सोँच, त्यहाँ पुगेपछिको अवस्था र घरपरिवारसँग टाढिँदाको पीडालाई गीतले ब्यक्त गरेको छ ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्