कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु



काठमाडौं,कात्तिक ४ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो।

उनलाई सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो । कोरोना पोजेटिभ देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी महिलाको आज बिहान पाँच बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिनुभयो ।

मृतकमा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । योसँगै यस अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्