दुई दिनदेखि बेपत्ता प्रहरी जवानको शव मोहना नदीमा फेला, असई बिकको हत्यामा संलग्न पक्राउ



धनगढी : दुई दिनदेखि बेपत्ता प्रहरी जवान रामबहादुर साउदको शव मोहना नदीमा फेला परेको छ ।

बेपत्ता भएदेखि प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवानको खोजी कार्य प्रहरीले जारी राखेको थियो । गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान साउद बेपत्ता भएका थिए ।

असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।

प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्