जाडो मौसममा कोरोना अझै फैलिन्छ, पूर्व तयारी बढाऊँ : प्रधानसेनापति थापा



काठमाडौं कात्तिक ४ ।

प्रधासेनापति पूर्णचन्द्र थापाले चाडो मौसममा कोभिड–१९ कोरोना भाइरसको महामारी बढ्ने भएकाले पूर्वतयारी गर्न निर्देशन दिएका छन् ।

मातहतका सबै पृतनापतिलाई उनले चाडो मौसममा महामारी बढ्ने पूर्वानुमान अनुसार तयारी गर्न निर्देशन दिएका हुन् । मंगलबार सम्पन्न पृतनापति समन्वयात्मक बैठकमा उनले महामारीको समयमा आफ्नो फौज र तिनका परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन पनि भनेका छन् । संक्रमण भइहाले उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न सबैलाई निर्देशन दिन पनि भनेका छन् ।

उनले नेपाली सेनाको कार्यशैलीमा सकारात्मक परिवर्तन आएको बताउँदै संगठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पुर्‍याएको पनि भनेका छन् । बैठकमा जर्नेलहरुले जिम्मेवारी अनुसारको विषयको प्रगति विवरणको समीक्षा गरेका थिए भने सुरक्षाको वर्तमान स्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आइपर्नसक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिबारे सुझावसहितको प्रस्तुतिकरण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्