बैंकका ३५ सय बढी कर्मचारी कोरोना संक्रमित हुँदा सेवा प्रभावित



काठमाडौं, कार्तिक ५। पछिल्लो दिन यता कोरोना संक्रमण बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था कोभिड–१९ को केन्द्र बनेका छन् । संक्रमित कर्मचारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा बैंकले सबै शाखाबाट एकै पटक सेवा दिन सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुमा ३ हजार ५०० को हाराहारीमा कर्मचारीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् ।

वाणिज्य बैंकका कर्मचारीको तुलनामा विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थामा भने संक्रमित कर्मचारीको संख्या न्यून रहेको छ । नेपाल डेभलप्मेन्ट बैंकर्स एशोसिएशनले कात्तिक २ गतेसम्म २० ओटा विकास बैंकहरुमा ४८५ जना कर्मचारी संक्रमित भइसकेको बताएको छ ।

यसमध्ये १७६ जना संक्रमण मुक्त भइसकेका छन् भने ३०९ जना कर्मचारी अझै संक्रमित छन् । संक्रमित कर्मचारीका एकाघर परिवारका १८३ जना सदस्यसमेत संक्रमित रहेको संघले बताएको छ । यसैगरी ‘ग’ वर्गका २१ ओटा वित्त कम्पनीका करीब २०० जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्