धिताल फिल्मस् काे निर्माणमा चलमान र रमिला लामिछानेकाे स्वरमा ‘मुटु भरि घाउ छ’ सार्वजनिक



काठमाडौं,कात्तिक ५ । धिताल फिल्मस् प्रालिकाे निर्माणमा चलमान मन्बा र रमिला लामिछानेकाे स्वरमा ‘मुटु भरि घाउ छ’ गीत सार्वजनिक भएको छ।

चर्चित सर्जक सन्ताेष सुबेदीकाे लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा स्वर चलमान मम्बा र रमिला लामिछानेको रहेको छ। चर्चित एरेन्जर माधव भण्डारीको संगीत संयोजन रहेको गीत ‘मुटुभरी घाउ छ’ मा रञ्जिता गुरुङ, बिकास लकान्द्री, आकृती खड्का, बिमल तामाङ लगायतको अभिनय रहेको छ।

निर्देशक होम धितालको निर्देशनमा मरुभूमि नारायणले छायांकन गरेको गीतमा ड्रोन सानु हबिकको रहेको छ भने गीतको भिडियो सम्पादन चर्चित भिडियो सम्पादक रोशन धितालले गरेका छन् ।

गीतको अडियो भिडियो सन्तोष सुवेदी युट्युब च्यानलबाट सार्वजनिक भएको छ।धिताल्स फिल्मसद्वारा निर्मित गीतको भिडियो उत्कृष्ट बनेको दर्शक श्रोताको प्रतिक्रिया आइरहेको बताइएको छ।

गीतको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्