मकवानपुरमा कोरोना संक्रमितको संख्या २७१८



मकवानपुर,कात्तिक ७ । मकवानपुरमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय १८ जना पुगेको छ ।

जिल्लामा बिहिबार साँझको पछिल्लो २४ घण्टाको तथ्यांक अन्तर्गत थप ४२ जना र शुक्रबार बिहान मकवानपुरका १७ जनामा संक्रमण पुष्टि भए संगै कुल संक्रमित संख्या २ हजार ७ सय १८ पुगेको हो ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ हजार ६ सय ३३ रहेको छ । कोरोना संक्रमणको कारण हालसम्म जिल्लामा २२ जनाको मृत्यु भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्