विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु



विराटनगर कात्तिक ७ । मोरङको विराटनगरको नोबेल मेडिकल कलेजमा शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालले शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या रहेको उनले बताए । उनी कात्तिक ५ गते विहान भर्ना भएकामा बेलुका कोरोना पोजेटिभ देखिएको थियो ।

धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान करिब ४ बजे मृत्यु भएको हो । २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी महिलालाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग थियो ।

प्रतिक्रिया दिनुहोस्