नेपाल बङ्गलादेश बैंकद्वारा अनाथालयलाई आर्थिक सहयोग



काठमाडौं कात्तिक ७ ।

नेपाल बङ्गलादेश बैंकले अनाथालयलाई तीन लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले मुस्कान सेवा नेपाल नामक अनाथालयलाई आर्थिक सहयोग गरेको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा सहायक महाप्रवन्धक सलोनिका सिंहद्वारा मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरूङलाई बैंकको केन्द्रीय कार्यालय रकम हस्तान्तरण गरे।

मुस्कान सेवा नेपालले कार्यालयका लागि पटक पटक घर सर्नुपर्ने बाध्यता हटाउनका लागि आफ्नै भवन निमार्ण गरिरहेको छ । बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जानकारी गराएको छ ।

बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैंक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्