हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण



काठमाडौं कात्तिक ११ ।

कलाकार मनोज गजुरेलमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् ।

सामान्य ज्वरोपछि संक्रमणको आशंकामा कोरोना परीक्षण गराउँदा आफूमा पोजेटिभ देखिएका भन्दै उनले अहिले आफू स्वास्थ्य मापदण्ड अपनाउँदै होम आइसोलेशनमा रहेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्