काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक १२ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी जम्मा ८४३ जना संक्रमित थपिएका छन् ।

यसअघि मंगलबार हिजो काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ गरी जम्मा २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्