कोरोना ब्रिफिङ अबदेखि हप्तामा २ दिन मात्र हुने



काठमाडौं कात्तिक १२ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब हप्तामा २ दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ गर्ने भएको छ ।

दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्