सञ्चारकर्मी रीता श्रेष्ठ अभिनित लोकगीत फूल्यो मखमली बजारमा



काठमाडौं कात्तिक १३ ।

सञ्चारकर्मी रीता श्रेष्ठ अभिनित लोकगीत फूल्यो मखमली रिलिज भएको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहारको बारेमा तयार पारिएका गीतहरु रिलिज हुने क्रममा फूल्यो मखमली गीतको भिडियो बुधवार रिलिज गरिएको हो । भाइटीका र माइतीचेलीबीचको सम्बन्धलाई उजागार गरिएको गीतमा रामचन्द्र चन्दको स्वर तथा लय रहेको छ । गीतको रचना केशवराज नेउपानेले गरेका हुन् ।

गीतको भिडियोमा सञ्चारकर्मी रीता श्रेष्ठको साथमा महेन्द्र गौतम,मेलिना ठकुरी,रोनिशा बराल र हरिकृष्ण राजथलाको अभिनय रहेको छ । भिडियोको निर्देशन हुम गैरेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्