पत्रकार रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण



काठमाडौं कात्तिक १३ ।

पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षणका लागि स्वाब दिएका रवि र निकिताको रिपोर्ट पोजेटिभ आएको हो । ​

दुवैजनामा कोरोना संक्रमण पुष्टि भएपछि आफूहरु होम आइसोलेसनमा बसेको लामिछानेले जानकारी दिएका छन् । उनले स्वास्थ्य अवस्था सामान्य भएकोसमेत बताएका छन् ।

उनले पेशागत क्रियाकलाप र आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । घरमा दुईजना मात्र बसेकाले अरुलाई संक्रमण हुने खतरा नभएको भन्दै उनले घरमा वृद्धवृद्धा हुनेलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्