सुन तोलामा एक हजार रुपैयाँले घट्यो



काठमाडौं कात्तिक १३ ।

सुनचाँदीको मुल्य घटेको छ ।

दशैँपछि बजार खुलेको पहिलो दिन आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँ घटेको हो ।

सुनको मुल्य बिहिवार तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको ६ गते सुनको मुल्य तोलाको ९५ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै चाँदी बिहिवार तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी बिहिवार तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्