नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय ४ पुग्यो



काठमाडौं कात्तिक १३ ।

नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ३ सय ६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्