काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ संक्रमित थपिए



काठमाडौं कात्तिक १३ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १५ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ संक्रमित थपिएका हुन् । जस्मा महिलाको संख्या ७ सय ४ र पुरुषको संख्या ९ सय ११ रहेको छ ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७३ हजार १ सय ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्