कोरोनाबाट काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको निधन



काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमणबाट काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। पत्रकार चौलागाईंको पारिवारिक श्रोतका अनुसार ५१ वर्षीय चौलागाईंको शुक्रबार विहान निधन भएको हो ।

श्रोतका अनुसार असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईं स्वास्थ्य अवस्था बिग्रँदै गएपछि राजधानीस्थित ओम अस्पताल भर्ना गरिएको थियो ।

चौलागाईं काभ्रेमा रहेर लामो समयदेखि कलम चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्