थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टी, ४ हजार ९६ जना डिस्चार्ज



काठमाडौं कात्तिक १४ ।

पछिल्लो २४ घण्टायता देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये १३६१ जना महिला र २१५६ जना पुरुष रहेका छन् । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १६८२३५ पुगेको छ ।

संक्रमितमध्ये प्रदेश १ मा ५६८ जना, प्रदेश २ मा १०९ जना, वागमती प्रदेशमा २२६६ जना, गण्डकी प्रदेशमा २२४ जना लुम्बीनी प्रदेशमा २६५ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार थप ४ हजार ९६ जना संक्रमित निको भएका छन् भने हालसम्म निको हुनेको संख्या १२८९५८ पुगेको छ । हाल देशभर ३८३५७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल क्वारेन्टाइनमा २६६६ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्