काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ संक्रमित थपिए



काठमाडौं कात्तिक १४ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८८ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ संक्रमित थपिएका हुन् । जस्मा महिलाको संख्या ७ सय ८१ र पुरुषको संख्या १ हजार १ सय ७ रहेको छ ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७४ हजार ९ सय ९१ पुगेको छ । काठमाडौंमा ६० हजार ७ सय ४२ जना, ललितपुरमा ८ हजार ५ सय ९९ , भक्तपुरमा ५ हजार ६ सय ५० जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्