कलाकार सुशीला दाहालको निधन



काठमाडौं,कात्तिक १५ । कलाकार सुशीला दाहालको निधन भएको छ । कलाकार दाहाल लामो समयदेखि क्यान्सर पीडित थिइन।उनको अमेरिका निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

वाल्थमस्थित हस्पिस केयर सेन्टरमा उपचाररत ६७ वर्षीया कलाकार दाहाल पेल्भिक क्यान्सरको उपचार मा थिइन । दाहाल विशेषगरी मह जोडीले निर्माण गर्ने गरेको चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेर चर्चामा आएकी थिइन् ।

दाहालद्वारा अभिनित लालपूर्जा, चिरञ्जीवी, भकुन्डे भुत जस्ता टेलिचलचित्र चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्