विराटनगरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु



विराटनगर कात्तिक १५ ।

पछिल्लो २४ घण्टामा विराटनगरका अस्पतालहरुमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा र मोरङका २/२ तथा सुनसरी र उदपयपुरका एकएक जना छन् । नोबेल मेडिकल कलेजमा चार जनाको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार उर्लाबारी नगरपालिका १ झापाकी ६६ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । विर्तामोड, झापाका ७५ वर्षीय पुरुष १२ कातिकमा अस्वताल भर्ना भएका थिए । निमोनियाको समस्या देखिएका उनद्धको शनिबार बिहान मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका १०, मोरङकी ६९ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । इटहरी, सुनसरीका ४३ वर्षीय पुरुषलाई उपचारका लागि नोबेल मेडिकल कलेज पुर्‍याउँदा एम्बुलेन्समा मृत्यु भएको छ । यस्तै बिराटनगर(३, मोरङका ६५ वर्षीय पुरूषको शनिबार विहान विराट मेडिकल कलेजमा मृत्यु भएको छ । उनी कात्तिक ६ गते भर्ना भएको कलेजको आईसोलेसन ईन्चार्ज सुनिल देवले जानकारी दिए । उदयपुरकी ४२ वर्षीया महिलाको म्याक्स हस्पिटल विराटनगरमा शनिवार विहान मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्