थप २५ सय ०८ जनामा कोरोना पुष्टि,२२ सय ६४ जना डिस्चार्ज



काठमाडौं कात्तिक १५ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७० हजार ७४३ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १४ लाख ४३ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

३८ हजार ५८४ जना सक्रिय संक्रमित छन्। २ हजार ४१० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। शनिवार थप २ हजार २६४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ३१ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्