काठमाडौं उपत्यकामा १३ सय ५७ कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक १५ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

एकै दिन थपिएका २ हजार ५ सय ८ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्