बैंगलोरमाथि हैदराबाद पाँच विकेटले विजयी



एजेन्सी,कात्तिक १६ । शनिबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको बैंगलोरले दिएको १२१ रनको लक्ष्य हैदराबादले १४ ओभरमै भेटेको हो ।  हैदराबादका लागि रिद्धिमान शाह ३९,  मनिस पाण्डेले २६ रन जोडे भने जासन होल्डरले अविजित २६ रन बनाए । 

बैंगलोरका युजभेन्द्र चाहल २, वासिंगटन सुन्दर र नाभदिप सैनीले १/१ विकेट लिए ।  पहिलो ब्याटिङ गरेको बैंगलोरले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १२० रन बनाएको थियो । ​

प्रतिक्रिया दिनुहोस्