कोशी प्रदेशमा ५.४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसहित विभिन्न क्षेत्रमा धक्का



काठमाडौं,मंसिर ८ । नेपालको कोशी प्रदेशस्थित लेलेप नजिक केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

मंगलबार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको बताइएको छ।

भूकम्पको धक्का नेपालसहित भारत, बंगलादेश, भुटान र चीनमा समेत महसुस भएको जनाइएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्पको म्याग्निच्युड, केन्द्रबिन्दु र प्रभावित क्षेत्रबारे भने सम्बन्धित आधिकारिक निकायबाट थप पुष्टि हुन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्