कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु




काठमाडौं कात्तिक १६ । कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर नगरपालिका वडा नं १ का ६० वर्षीय पुरूषको आइतवार बिहान मृत्यु भएको हो ।

यस्तै बाँकेमै अर्का एक संक्रमितको पनि मृत्यु भएको छ । दाङ तुलसीपुर १८ का कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । ती वृद्धको शनिबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उनी कात्तिक १३ गते अस्पतालमा भर्ना भएकोमा १४ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना पोखरा र दुई जना नवलपरासी पूर्वका छन् । पोखरा महानगरपालिका वडा नं ९ की ६२ वर्षीय महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै गैंडाकोट २ की ७७ वर्षीया महिलाको पनि शनिबार नै मृत्यु भएको हो । होम आइसोलेशनमै उनको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी कावासोती ६ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पनि होम आइसोलेशनमै मृत्यु भएको बताइएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्