तामाङ घेदुङ शिवपुरी गाउँपालिका उपाध्यक्षको हृदयघातबाट निधन



नुवाकोट कात्तिक १६ । नेपाल तामाङ घेदुङ शिवपुरी गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर तामाङको निधन भएको छ ।

शिवपुरी गाउँपालिका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा संगठन कमिटी सदस्यसमेत रहेका तामाङको हृदयघातका कारण शनिबार साँझ निधन भएको हो । शिवपुरी ६ समुन्द्रादेवी निवासी तामाङ समुन्द्रादेवी साविक वडा नं ८ मा निर्माण भएको विश्व शान्ति स्तुपाको निर्माता हुन् ।

शिवपुरी गाउँपालिका वडा न: ६ सौराथोक मानेडाँडा निवासी चन्द्रबहादुरको काठमाडौं बाँसबारीस्थित गंगालाल अस्पतालमा उपचारका क्रममा ५८ वर्षको उमेरमा निधन भएको शिवपुरी गाउँपालिका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए ।

समाजसेवीका रुपमा समेत परिचित उपाध्यक्ष तामाङको निधनमा संघीय सांसद हितबहादुर तामाङलगायतले दुख व्यक्त गरेका छन् ।

सांसद तामाङले सामाजिक सञ्‍जालमार्फत चन्द्रबहादुर तामाङको खबरले आफू अत्यन्त मर्माहित भएको जनाएका छन् । उनले दिवंगत चन्द्रबहादुरलाई भावपूर्ण श्रद्धाञ्जली र उनकी श्रीमती कुमारी तामाङ र परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शिवपुरी गाउँपालिका अध्यक्ष वीरबहादुर तामाङले चन्द्रबहादुर तामाङको निधनले एक असल सहयोद्धा गुमाउनु पर्दा शिवपुरी गापा नेपाल कम्युनिष्ट पार्टी नेकपा परिवार अत्यन्त मर्माहित र दुखी भएको बताउँदै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्