थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, ३६ सय २० जना डिस्चार्ज



काठमाडौं कात्तिक १६ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार आयोजना गरेको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

त्यसैगरी हालसम्म देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । त्यस्तै आइतबार ३६ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्