काठमाडौं उपत्यकामा १६ सय २२ कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक १६ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६२२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा एक हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएका हुन् ।

देशभर हालसम्म सबैभन्दा बढी प्रभावित काठमाडौं रहेको छ ।

प्रतिक्रिया दिनुहोस्