कोरोना संक्रमितको उपचारमा धरौटी नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं कात्तिक १६ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ।

साथै धरौटी लिएर मात्रै उपचार गर्ने भनेर सूचना निकाल्ने अस्पतालहरुलाई मन्त्रालयले स्पष्टीकरण मागेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै पनि सरकारी अस्पतालले उपचार अगाडि धरौटी लिन नपाउने बताए।

मन्त्रालयले धरौटी लिन पाउने कुनै निर्देशन मन्त्रालयले नदिएको उनले स्पष्ट पारे। कोरोना संक्रमितको उपचारका लागि भन्दै विभिन्न निजी तथा सरकारी अस्पतालहरुले धरौटी नलिई भर्ना नगर्ने भन्दै सूचना निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्