कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु



काठमाडौं कात्तिक १७ । कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको आइतबार साँझ मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिक वडा नं ३ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो । उपचारकै क्रममा वृद्धको मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका वडा नं २ का ७२ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । यस्तै सिन्धुलीमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । कमलामाई नगरपालिका पानीट्यांकी निवासी ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

यस्तै चितवनमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा दुईजना चितवनका र एक जना नवलपुरका छन् । भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्