दसैं मनाउन घर गएकाहरुमध्ये १ लाख २५ हजार काठमाडौं फर्किए



काठमाडौं कात्तिक १७ । दसैं मनाउन घर गएकाहरुमध्ये अहिलेसम्म १ लाख २५ हजार काठमाण्डौ उपत्यका फर्किएका छन् ।

कात्तिक १२ गतेदेखि सोमबार बिहानसम्म १ लाख २५ हजार मानिस उपत्यका फर्किएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

पछिल्लो एक हप्तामा १ लाख ४ हजार मानिसले भने काठमाडौं उपत्यका छोडेका छन् । दसैंको फूलपातीको दिनपछि काठमाण्डौ फर्कनेहरुको सङ्ख्यामा कमी आएको थियो । घटस्थापना सुरु भएपछि आउने भन्दा काठमाण्डौ उपत्यका छोड्ने मानिसको संख्या बढी थियो । सबैभन्दा धेरै फूलपातीको दिन ४८ हजार ९८ जना मानिसले काठमाण्डौ छोडेका थिए । दसैं मनाउन घर जानेहरुमध्ये कतिपय भने तिहार मानेर मात्रै काठमाडौं फर्कने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्