२४ घण्टामा थप २९ सय ३३ जनामा कोरोना संक्रमण, ३१ सय ५० डिस्चार्ज



काठमाडौं कात्तिक १७ । नेपालमा २९ सय ३३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २९ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटअनुसार हालसम्म संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

सोही अवधिमा ३१ सय ५० जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।

हालसम्म १ करोड ४६ लाख ९ हजार ८ सय १२ पीसीआर टेस्ट भएका छन् । मन्त्रालयले २१ सय १९ जना क्वारेन्टाइनमा रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्