सेयर बजार परिसूचक नेप्से ५.४ अंकले बढ्यो



काठमाडौं कात्तिक १८ ।

सेयर बजार परिसूचक नेप्से मंगलबार ५.४ अंकले बढेको छ।

बढेको बजार १६४३.०३ अंकमा पुगेर रोकिएको हो । सेन्सेटिभ इन्डेक्स १.१४ अंकले बढेर ३२६.६० विन्दुमा पुगेको छ। आज १९८ कम्पनीको ७७ लाख ५७ हजार सेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार बैंकिङ र विकास बैंक समूह बाहेक सबैको उपसूचक उकालो लागेको छ। बैकिङ २.१७ र विकास बैंक समूहको उपसूचक १६.२१ अंकले घटेको हो ।

व्यापार समूहको उपसूचक ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, फाइनान्स ५.४ अंकले बढेको छ। त्यसैगरी निर्जिवन बिमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, माइक्रोफाइनान्स ६.८३, जीवन बिमा १४ र म्युचुअल फण्डको उपसूचक ०.२७ अंकले बढेको छ ।

आज विशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् भने महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्