कोरोना बीमाको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन



काठमाडौं कात्तिक १८ ।

बीमा समितिबाट जारी भएका कोरोना बीमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना बीमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाण भएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालय भएको बैठकपछि एक हप्ताभित्र बीमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बीमा समितिले गर्नुपर्ने र दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन पनि समितिलाई मन्त्रालयले निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताए ।

यसैगरी कोरोना बीमा दाबी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेस्क सञ्चालन गर्ने व्यवस्था पनि तत्काल मिलाउन निर्देशन दिएको हो ।

यस्तै, कोरोना बीमाको दाबी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

छलफलमा बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्