कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्‍नि सीताको निधन



काठमाडौं कात्तिक १९ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नि ५९ वर्षीया सीता महराको निधन भएको छ । उपचारको क्रममा सीताको बुधबार बिहान ६:२५ बजे नर्भिक अस्पताल काठमाडौंमा निधन भएको हो ।

विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित उनलाई दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि उनलाई कात्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं ल्याएर नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा सीतालाई कोभिड-१९ पोजिटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्