भारतीय सेनाध्यक्ष नरवाणेलाई कालोझन्डा देखाउँछु भन्ने पुण्य गौतम पक्राउ



काठमाडौं कात्तिक १९ । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेलाई कालोझन्डा देखाउने बताउँदै आएका पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको एसएसपी श्याम ज्ञवालीले बताए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार नेपाल आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्