कोरोना संक्रमणबाट नेपालमा थप ३० जनाको मृत्यु, मृतकको संख्या १ हजार ३४ पुग्यो



काठमाडौं कात्तिक १९ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्