बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई



काठमाडौं कात्तिक १९ ।

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोलीको आज बुधबार विदाई गरिएको छ ।

बंगलादेशको ढाका जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले विदाई गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखेप सदस्य सचिव सिलवालले भरत खवास र किरण लिम्बूलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरेका थिए ।

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बिहिबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ । नेपाली टोली बंगलादेशमा एक साता क्‍वारिन्टिनमा बस्‍नेछ । एक साताको क्वारिन्टिन बसाइँपछि खेलाडीको पुनः केरोना परीक्षण गरिने छ ।

नेपालका गरिएको कोरोना परीक्षणमा सात जना खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । बन्द प्रशिक्षणका लागि डाँकीएका ३४ जना खेलाडीमध्ये सात जनामा कोरोना संक्रमण देखिएको थियो ।

बन्द प्रशिक्षणका बोलाइएका ३४ जनामध्ये कोरोना संक्रमण सात र चोट बोकेका मिडफिल्डर रोहित चन्दसहित आठ खेलाडीले बंगलादेश टुर गुमाएका छन् । नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ र दोस्रो खेल मंसिर २ गतेका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्