नेप्से ४ अंकले घट्यो, तीन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो



काठमाडौं कात्तिक २० ।

सेयर बजारको परिसूचक नेप्से बिहीबार ४. ४७ अंकले घटेको छ ।

सो अंकको गिरावटपछि नेप्से परिसूचक १६ सय ३६ अंकमा कायम भएको छ। यस दिन २ सय कम्पनीको २ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भयो। बैंकिङ ७.९, ब्यापार १९, निर्जीवन बीमा १६, उत्पादन ४ र माइक्रोफाइनान्स समूह १३ अंकले घटेको छ। अन्य र फाइनान्स समूह १ अंकमुनि रातो रहे ।

होटल ४.८, विकास बैंक ५, जलविद्युत १३।९ र जीवन बीमा १। ३ अंकले बढेको छ। नाफाका आधारमा यस दिन सानिमा जनरल इन्स्योरेन्स, रैराङ हाइड्रोपावर, गुराँस फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेको छ।

विशाल बजार कम्पनीको मूल्य साढे ८ प्रतिशतले घटेको छ। शिवश्री हाइड्रोको मूल्य ७.८ प्रतिशत तथा एभरेष्ट बैंकको मूल्य ५.८ प्रतिशतले घटेको छ। एभरेष्टले हालै घोषणा गरेको लाभांश तुलनात्मक रुपमा कम भएपछि मूल्य घटेको हो।

बैंकले हालै ५ प्रतिशत शेयर बोनस र ५.५३ नगद लाभांश घोषणा गरेको छ। कारोबारका आधारमा यस दिन प्राइम कमर्सियल बैंक अग्रस्थानमा रह्यो । सो बैंकको २० करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण उत्साहजनक देखिएपछि बैंकको कारोबारमा उत्साह देखिएको हो।

अरुण काबेलीको १८ करोड ५४ लाखको सेयर कारोबार भयो भने एभरेष्ट बैंकको १६ करोड ४५ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्