नेपालमा युवा उमेर समूहकै बढी कोरोना संक्रमित



काठमाडौं, कार्तिक २१ । कोराना संक्रमण प्रतिरोधात्मक क्षमता बलियो भएकालाई हतपती लाग्दैन भनिन्छ। तर, नेपालमा भने यो तथ्य फरक छ। यहाँ सबैभन्दा बढी संक्रमण २१ देखि ३० वर्ष उमेरका व्यक्तिमा भएको छ। बिहीबारसम्म तिनको संख्या ५३ हजार २ सय ६९ पुगेको छ।

त्यस्तै, ३१ देखि ४० वर्ष उमेरका ४९ हजार ७ सय २४ संक्रमित छन्। ४१ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका संक्रमित २९ हजार ९ सय ९२ छन्। यो तथ्यांकले मुख्यतः कामकाजमा निस्कने जनसंख्या बढी संक्रमित भएको देखाउँछ।

बालबालिका र वृद्धवृद्धामा भने कम संक्रमण देखिएको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्