नुवाकोट बेलकोटगढीका इन्जिनियर घुससहित पक्राउ



नुवाकोट,कात्तिक २२ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पाैडेल घुससिहत पक्राउ परेका छन । जिल्लास्थित विदुर नगरपालिकाको बट्टार बजारमा रहेको एक मिठाइ पसलमा बसेर घुस बापतको रकम लिदै गर्दा इन्जियर पाैडेल पक्राउ परेका हुन ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनी सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ घुस लिदै गर्दा रंगेहात पक्राउ परेका थिए ।

नगरपालिकामा करार सेवामा कार्यरत पौडेललाई सेवाग्राहीसँग लिएको घुससहित स्टिङ अपरेशनअन्तर्गत आफ्नो टोलीले रंगेहात पक्राउ परेको अख्तियार प्रवक्ता अधिकारीले जानकारी दिए। उनका अनुसार पौडेललाई घुस खुवाउने कार्यमा रहेका एक जना बिचौलियासमेत पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्