राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग



काठमाडौं कात्तिक २३ । युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ ।

सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो । ‘युवा सजगता अभियानको पालो रु ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३४० सदस्यबाट उठेको रु १० हजार २०० अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए ।

“राष्ट्रिय अविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका सदस्यबाट उठ्ने रकम क्रमशः सहयोग गर्दै जानेछौँ”, उनले भने । युवा सजगता अभियानले आफ्नो सङ्गठन देशका सबै प्रदेश र जिल्लामा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्