शेयर बजार दोहोरो अंकले बढ्यो, साढे ३ अर्ब बढिको कारोवार



काठमाडौं कात्तिक २३ ।

शेयर बजार दोहोरो अंकले बढ्को छ । शेयर बजार बढेसँगै कारोबार पनि साढे ३ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आइतवार शेयर बजार १२.४९ अंकले बढेको हो । ०.७६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १६४८.५८ अंकमा उक्लिएको छ ।

नेप्सेका अनुसार आइतवार १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता शेयर किनेबेच हुँदा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपियाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आइतवार नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको २५ करोड ९२ लाख २ हजार ४ सय ८२ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

प्रतिक्रिया दिनुहोस्