कोरोनाबाट मोरङमा एकैदिन ९ जनाको मृत्यु, मंगलबार बिहानमात्रै ५ जनाको ज्यान गयो



काठमाडौं कात्तिक २५ । कोरोना भाइरस संक्रमणबाट मोरङमा एकैदिन ९ जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा सात पुरुष र दुई महिलाको मृत्यु भएको हो । जस मध्ये मंगलबार बिहानमात्र ५ जनाको मृत्यु भएको हो ।

आठ जनाको विराटनगरस्थित विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने एक जनाको एक जनाको होम आइसोलेसन बसेको अबस्थामा मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरको नोबेल अस्पतालमा पाँच जना, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जना गरी नौ जनाको मृत्यु भएको हो ।

मंगलबार विहान मात्र नोबेलमा झापा गौरादह–५ का ६५ वर्षीय पुरुषको बिहान साढे ८ बजे मृत्यु भएको छ ।

त्यसैगरी तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको पनि १० मिनेटको फरकमा बिहान ८:२० अस्पतालमा मृत्यु भएको थियो ।

झापाको झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५:४५ बजेतिर मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६:३० बजेतिर नोबेल मै ज्यान गएको छ ।
उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान ज्यान गएको छ।

सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए ।
त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिड मै ज्यान गएको छ ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति ९:५० बजेतिर मृत्यु भएको छ । मोरङकै
सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्