नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार



काठमाडौं कात्तिक २५ ।

सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

२५.९८ अंकले बढेको बजार १६७८.७९ विन्दुमा पुगेर रोकिएको हो । सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले बढेर ३३०.३९ अंकमा पुगेको छ। मंगलवार १९६ कम्पनीको ९६ लाख ५७ हजार सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार जलविद्युत् र म्युचुअल फण्ड बाहेक सबै समूहका उपसूचक उकालो लागेको छ। जलविद्युत् ०.६८ र म्युचुअल फण्ड ०.०२ अंकले ओरालो लागेको छ। बैंकिङ समूहको उपसूचक ७.११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, फाइनान्स ३.८३ र निर्जिवन बिमा १६०.४ अंकले बढेको छ।

त्यसैगरी उत्पादन ४०.९, अन्य ४८.५८, माइक्रोफाइनान्स ४.८९ र जीवन बिमा समूहको उपसूचक ४७६.३६ अंकले बढेको छ। आज साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने विशाल बजार कम्पनीका लगानीकर्ता सबैभन्दा बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्